Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय परिचय

2078-08-07

2078-08-07


काठमाडौं जिल्लाको जनसंख्या, भौगोलिक अवस्थिति र स्थानीय राजनीतिक दलहरूको माग समेतलाई मध्यनजर गरी नेपाल सरकार माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्रीस्तरको मिति २०६९।११।२१ को निर्णयानुसार यस ईलाका प्रशासन कार्यालय, साँखुको स्थापना भएको हो । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा रहेका (साविकका डाँछी, भद्रवास, आलापोट, गागलफेदी, मुलपानी, सुन्दरीजल, गोकर्णेश्वर, नयाँपाटी, बालुवा, नाङ्लेभारे, लप्सीफेदी, सुन्टोल, पुखुलाछी, बज्रयोगीनी र इन्द्रायणी गा.वि.स.) हालका २०‌ वटा वडाका जनताहरूलाई सेवा प्रवाह गर्ने उद्देश्य अनुरूप यस कार्यालयको स्थापना गरिएको हो । यस ईलाका प्रशासन कार्यालय, साँखुमा नेपाल सरकारको रा.प. द्वितीय श्रेणीको उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ ।  हाल यस कार्यालय काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ७, साँखुमा रहेको छ ।

ईलाका प्रशासन कार्यालय, साँखुको उद्देश्य

शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म र  गोकर्णेश्वर नगरपालिकाको वडा नं. १ देखि ४ सम्म बसोबास गर्ने जनताहरूलाई नागरिकता, नाबालक परिचय पत्र, राहदानीको सिफारिस, जनजाती/आदिवासी सिफारिस, शान्ति सुरक्षा र ठाडो उजुरी सम्बोधन जस्ता सेवाहरू प्रदान गर्ने ।

ईलाका प्रशासन कार्यालय, शंखरापुर नगरपालिका, साँखु, काठमाडौं ।

फोन नं. -  01-4450437 

मोवाईल नं. -  9851076650  शाखा अधिकृत (सूचना अधिकारी)
Email address -     ilakasankhu@gmail.com

Website -            https://aaosankhu.moha.gov.np

हाम्राे वारेमा


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-03 11:24:14

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ .